Section 83
विभागीय कारबाहीको सम्बन्धमा लोक सेवा आयोगको परामर्श लिंदाको कार्यविधि
(१) कुनै कर्मचारीलाई विभागीय सजाय गर्ने सम्बन्धमा दफा ८२ बमोजिम लोक सेवा आयोगको परामर्शको निमित्त लेखी पठाउँदा के कस्तो कसूर गरे बापत त्यस्तो विभागीय सजाय गर्न लागिएको हो सो सम्बन्धी सबै कागजात र सम्बन्धित कर्मचारीको तर्फबाट कुनै स्पष्टीकरण पेश गरिएको भए सो समेत लोक सेवा आयोगमा पठाउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएको कागजातको अतिरिक्त सो कर्मचारी सम्बन्धी अन्य कुनै विवरणको आवश्यकता परेमा लोक सेवा आयोगले सम्बन्धित अधिकारीसंग माग गर्न सक्नेछ र त्यसरी लोक सेवा आयोगबाट माग भएको विवरण उपलब्ध गराउनु सो अधिकारको कर्तव्य हुनेछ ।